कास्की माओवादीको उर्वर भूमि हो, अग्रजले देखाएको बाटोमा अघि बढौँ : अधिकारी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर कार्यालय सदस्य भानुभक्त अधिकारीले कास्की जिल्ला माओवादीको उर्वर भूमि भएकाले अग्रजले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको उपलक्ष्यमा वाइसियल र  अनेरास्ववियु (क्रान्तिकारी) पोखरा महानगर वडा नं. २३ इकाई समितिले बाम्दीमा आयोजना गरेको   शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीई बलियो शक्तिका रुपमा जिल्लामा स्थापित गर्न सबैले आआफ्नो ठाउँबाट मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा अन्य पार्टीलाई परास्त गरी वडाका पाँचै सिट जितेर जनताको भावना अनुकुल सेवा गर्न आग्रह गर्नुभयो ।

वाइसियल कास्की इन्चार्ज भोजराज पौडेल एमाले  देश र जनताको बारेमा सोच्न नसकेको र उसले केवल आफ्ना नेता र वरिपरिका मान्छेहरुको मात्र स्वार्थ हेरेर कार्य गरेको बताउनुभयो ।कास्की संयोजक एंगेल्स कार्कीले यूवाहरुलाई साथ लिएर अघि बढे मात्र पार्टीको  भविष्य उज्वल रहने बताउनुभयो ।

पूर्व वडा अध्यक्ष बिष्णु दाहाल ,पार्टी जिल्ला सदस्य लोकराज दाहाल ,महानगर सदस्य हरि भन्डारी,बिथार्थी नेता सन्जय जैसी,युवा नेता सजय भन्डारीले र  वडा पार्टी अध्यक्ष घनश्याम  पराजुलीले  महानगरको जग भएकोले वडा  वलियो भएपछि मात्र महानगर वलियो हुने दावी गर्नुभयो । कार्यक्रममा बिथार्थी  इकाइ उपाध्यक्ष दृश्य अधिकारीले स्वागत गर्नुभएको थियो ।

Comments
Loading...