हिमाली आवाज । चेक बाउन्सको अभियोगमा पोखराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफ्नो बैक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै रु १३ लाख ८० हजारको चेक काटि दिई सम्बन्धित बैंकमाचेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक सटही हुन नसकी बाउन्स भएको बैंकिङ कसूर सम्बन्धी मुद्धामा पोखरा–१३ बाझपाटन घर भई हाल बुद्दचोक बस्ने वर्ष ३५ का शंकर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले मिति गत कात्तिक १८ गते गुरुङलाई पक्राउ गरी बैंकिङ कसूर सम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।