गाउँपालिका अध्यक्ष गुरुङ सहित तीन वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । डोल्पाको उपल्लो डोल्पा अन्तर्गत पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीन वडाका वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

बुधवार एक कार्यक्रमका बिच माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), अर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत, प्रतिनिधि सभा सदस्य सत्य पहाडी लगायतका नेताले गाउँपालिका अध्यक्ष सहितका नप्रतिनिधि र दुई दर्जन युवालाइ पार्टीमा स्वागत गरेका गर्नुभएको थियो ।गाउँपालिका अध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट विसं २०७४ को स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो ।

माओबादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पो थापा भोटे,वडा नं २ का अध्यक्ष छोईक्याप भोटे,वडा नं ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहनुभएको छ ।

Comments
Loading...