काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा भागदौड भएपछि नौ जना घाइते भएका छन् ।
हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो ।
नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने नपरेको प्रहरीको भनाई छ । घट्नाको थप विवरण भने आउन बाँकी छ ।