पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर डाक्टर पढ्दै गरेका विद्यार्थीको मृत्यु

हिमाली आवाज ।  पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।

भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमविविएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय बिश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा विहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता हुनुभएको थियो ।

खोलामा बेपत्ता हुनुभएका पुनीलाई घटनास्थलदेखी १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...