अपर मुस्ताङमा महिन्द्राको ‘मिट दी कस्टुमर’

हिमाली आवाज । गण्डकी प्रदेश अन्तर्गत माथिल्लो मुस्ताङमा महिन्द्रा ट्याक्टरको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

महिन्द्रा गाडी तथा ट्याक्टरको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले महिन्द्रा ट्याक्टरका ग्राहकहरुको भेटघाट कार्यक्रम आयोजना गरी बिक्रीपछिको सेवाका बारेमा सुझाव लिएको हो । ट्याक्टर बिक्रीपछि समेत प्रभावकारी सेवा दिने उद्धेश्यले भौगोलिक रुपमा विकट रहेको अपर मुस्ताङमा कार्यक्रम आयोजना गरिएको बतास व्रदर्श महिन्द्रा विभागका प्रमुख पुष्पराज बरालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ट्याक्टर बिक्री गर्नुमात्र ठूलो कुरा होइन । ग्राहकलाई बिक्रीपछिको सेवा समेत प्रभावकारी दिन स्तरीय सेवाका लागि ग्राहकको भेटघाट कार्यक्रम आयोजना गरेका हौँ ।”

महिन्द्राले दशैँ तिहार लगायतका चाडपर्वलाई लक्ष्य गरी महिन्द्रा ट्याक्टर खरीदमा ६ वर्षको वारेन्टी, शुन्य प्रतिशत व्याजमा फाइनान्स सुविधा र बम्पर उपहारमा पाँच केभिए महिन्द्रा जेनेरेटर अफरका रुपमा ल्याएको बरालले बताउनुभयो ।

अपर मुस्ताङको चराङमा आयोजना गरिएको कार्यक्रममा तीन वटा ट्याक्टर बिक्री र दुई वटा बुकिङ भएको बताइन्छ । कार्यक्रममा लोघेकर दामोदर कुण्ठ गाउँपालिकाका समाजसेवी मकरबहादुर विष्टले विकट गाउँ ठाउँमा महिन्द्रा ट्याक्टर उपयोगि रहेको र पार्टस् लगायतका सामग्री सहज उपलव्ध रहेको बताउनुभयो ।

बतास ब्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले महिन्द्रा ट्याक्टर गण्डकी धौलागिरी क्षेत्रमा कृषि तथा व्यावसायिक प्रयोजनका अग्रणी रहेको बताउनुभयो ।

कार्यक्रममा महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्करर्पोरेटेडका सहायक महाप्रवन्धक रामेश्वर महर्जन, अग्निका गण्डकीका इन्चार्ज प्रतिक बोहोरा, ग्राहक टासी ढुण्डु ठकूरी लगायतले महिन्द्राको सेवाका बारेमा भनाई राख्नुभएको थियो ।

Comments
Loading...