मनाङको तिलिचो ताल घुम्न गएका युवकको लेक लागेर मृत्यु

मनाङ । गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ ।

रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो ।

तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि गएका थापा लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले फर्काएका थिए । थापालाई माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा थापाको मृत्यु भएको हो ।

Comments
Loading...