पोखराको तुलसीमार्ग टोलमा माओवादी केन्द्रको भेला,२५ सदस्सीय कमिटी गठन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले वडा अन्तर्गतका टोल कमिटी निर्माणलाई तीव्रता दिएको छ । वडा, पालिका र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले संगठन विस्तारलाई तीव्रता दिएको हो ।

यसैबीच पोखरा महानगरपालिका वडा नं ११ को तुलसी मार्गमा टोल भेला आयोजना गरी टोल कमिटी गठन गरिएको छ । भेलाले मधु आले अध्यक्ष र विन्दा विक सचिव रहनुभएको २५ सदस्सीय टोल कमिटी गठन गरेको हो ।

भेलाका प्रमुख अतिथि माओवादी केन्द्र पोखरा महानगर कमिटीका सचिव विनय थापाले वर्गिय मुक्तिका लागि माओवादी आन्दोलनमा होमिन आग्रह गर्नुभयो । उहाँले मसिनो गरि पार्टी काममा लाग्न र कार्यकर्ताको र जनताको मनोभावना अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशेष अतिथि जिल्ला कमिटी सदस्य रुद्रबहादुर विश्वकर्माले पार्टी सेल कमिटी ,टोल कमिटी,वडा कमिटी ,महानगर कमिटी चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

सर्वहारावर्गको नेतृत्व गर्ने सुकुम्बासी समस्या समाधान गर्ने बेरोजगारी लाई रोजगार श्रृजना गर्न माओवादीले मात्र गर्न सक्ने उहाँको जिकिर छ ।
वडा कमिटीका अध्यक्ष हर्कमान विश्वकर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मनोज रसाइलीले गर्नुभएको थियो ।

Comments
Loading...