युआरएलको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट

हिमाली आवाज । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।

२०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा पोखरा र तनहुँमा निशुल्क शिविर, २३ गते युआरएल पत्रकारिता पुरस्कार वितरण समारोह हुने अध्यक्ष पन्तले जानकारी दिनुभयो। मंसिरको तेस्रो शनिबार ल्याब प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम र २६ गते लेखनाथको शिशुवाचोकमा निशुल्क शिविर आयोजना गरिने पन्तले बताउनुभयो ।

यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताउनुभयो ।

महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको निर्देशक सन्दीप अर्यालको भनाई छ । हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।

Comments
Loading...