बगैँचा टोलले सदस्यलाई दियो धुप बनाउने तालिम

गणेश पहारी
हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ६बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ ।

मंसिर १ र २ गते सञ्चालन भएको तालिममा करिब ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रशिक्षक सविना रानामगरले धुप बनाउन सिकाउनुभयो ।

प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण पहारीले कार्यक्रमको उदघाटन गर्दै नेपाल सरकारले प्रयोगात्मक शिक्षालाई शहर बजार हुदै गाउँगाउँमा रहेका नागरिकहरुलाई प्रदान गरेमा नेपालमा गरिबको संख्या घटाउन सकिने बताउनुभयो ।

पोखरा महानगर पालिका वडा न ६ का वडा सचिब कुलराज पौडेलले आफ्नै गाँउघरका मौलिक बस्तुहरुलाई हाम्रा पूर्खाहरुले बिभिन्न किसिमका उपभोग्य बस्तुहरु बनाउने गरेर आय आर्जनको माध्यम बनाइ बजारमा विक्री वितरण गर्ने गरेको सुनाउनुभयो ।

अध्यक्ष मिना ढकालले संस्थाले “हातहातमा काम बगैचा टोल विकासको अभियान”भन्ने उद्देश्यलाई आत्मसात गर्दै आफ्ना सदस्यहरुलाई आर्थिक स्तरमा आत्मनिर्भर बनाउने भावनाले तालिमको आयोजना गरिएको बताउनुभयो ।

संस्थाका अध्यक्ष मीना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा तालबाराही आरतिका अध्यक्ष गिरीराज अधिकारी, सल्लाहकार प्रेमनारायण अधिकारी, उपाध्यक्ष उर्मिला ढकाल र सचिब रेणु थापा लामिछाने लगायतले तालिमबाट सिकेका सिपहरुलाई आयआर्जनमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागिहरुले तालिममा सिकेको ज्ञान सीपलाई आम्दानी हुने क्रियाकलापमा लगाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संथाले सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाइ, स्थास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएको छ ।

Comments
Loading...