माओवादीका पक्षमा जनलहर आउने संकेत देखियो : अध्यक्ष प्रचण्ड

हिमाली आवाज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले फेरि पनि पार्टीको पक्षमा जनलहर आउने संकेतहरु देखिन थालेको बताउनुभएको छ ।

विसं ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएजस्तै त्यस्तो संकेत फेरि देखिन थालेको प्रचण्डको दावी छ।

शुक्रबार नेपाली जनप्रगतिशील मन्च कतारको पाँचौ अधिवेशनलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रचण्डले देशैभर माओवादीको पक्षमा जनआकर्षण देखिएको र पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताउनुभयो ।

‘०६४ सालको जस्तै माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ’, प्रचण्डको भनाइ थियो, ‘हिमाल, पहाड, तराई सबैतिर आकर्षण देखिएको छ । ८ लाख भन्दा बढीले संगठित सदस्यता नवीकरण गराइसकेका छन् । जनताको भरोसायोग्य पार्टी माओवादी हो भन्ने जनताले बुझेको महसुश गरेको छु ।’

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनकै बलमा देशमा परिवर्तन आएको जिकिर गर्दै यो कुरा जनताले राम्ररी बुझेको पनि बताउँदै उहाँले अहिले प्रतिक्रान्तिकारी सल्बलाउन थालेको भन्दै प्रचण्डले यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...