कास्कीका छ वटै प्रदेश निर्वाचन क्षेत्रमा काङग्रेसका सभापति निर्वाचित

हिमाली आवाज । सत्तारुढ नेपाली काङग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारी सहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अवेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित हुनुभयो ।यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको कास्की काङ्ग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क)बाट दीनेश आचार्य सभापतिमा विजयी हुनुभयो । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत,सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित हुनुभयो ।

यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित हुनुभयो । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्धयमा निलम बाटाजु र सुरेस खवास निर्वाचित हुनुभएएको छ ।

कास्की क्षेत्र नम्बर ३ को (क)बाट पुस्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा मोतिराज तिमिल्सिना र दीलिप गिरी, सचिवमा गंगाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित हुनुभयो ।

क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित हुनुभयो । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई÷दुई जना निर्वाचित भएको जनाइएको छ ।

Comments
Loading...