माओवादी वडा अधिवेशन विशेष : पोखरा–१ को अध्यक्षमा लुईटेल

हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नं १ अध्यक्षमा रुद्र लुईटेल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न पहिलो अधिबेशनले लुईटेलको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो ।

निर्वाचन समितिका संयोजक कृष्णलाल बास्तोला र अम्बिका अधिकारी सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व छनोट गरेको हो ।
कार्यक्रममा पार्टीका नेता पोखरा महानगर समितिका कार्यालय सदस्य भानु भक्त अधिकारीले अब माओवादी लाई देशको प्रमुख शक्ति बन्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

कार्यक्रम मा नेता तिलक कोइरालाले माओवादी पार्टी भनेकोनै जनता को वास्तविक पार्टी रहेको हुँदा सबै परिवर्तन देख्ने हरु पार्टीमा लामबन्द हुनु पर्ने बताउनु भयो । वडा कमिटीको पूर्वअध्यक्ष शकर तिवारी ,भद्र त्रिपाटी ,इन्द्र शोभा पौडेल र बालकृष्ण कोइराला लगाएत वडा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कार्यबाहक अध्यक्ष रुद्र लुइँटेल ले गर्नु भएको थियो ।

Comments
Loading...