माओवादी वडा अधिवेशन विशेष : पोखरा–१६ को अध्यक्षमा आचार्य निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगरपालिका–१६ को वडा कमिटीको अध्यक्षमा निर्मल आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

वडा कमिटीको उपाध्यक्षमा गोमा परियार,सचिव जीवन बस्नेत,सहसचिव सविना राना र कोषाध्यक्ष भीमबहादुर गुरुङ रहनुभएको छ । अधिवेशनले महिला, युवा,जनजाति लगायत लाई समावेश गरेर ४७ सदस्सीय कमिटी निर्वाचित गरेको हो ।

अधिवेशनबाट १४ जना महानगरपालिका अधिवेशनको प्रतिनिधि छनोट हुनुभएको छ ।

Comments
Loading...