माओवादी वडा अधिवेशन विशेष:पोखरा–११ को अध्यक्षमा मनोज रसाइली

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगरपालिका–११ को अध्यक्षमा मनोज रसाइली सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले रसाइलीको अध्यक्षतामा ४५ सदस्सीय कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा विष्णुप्रसाद आचार्य,सचिव चिन्तामणि खरेल, सहसचिव सरिता विक र कोषाध्यक्ष उषा विश्वकर्मा रहनुभएको छ ।

अधिवेशनले महानगर प्रतिनिधिमा १० जनालाई चयन गरेको छ । अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय कमिटीका सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले गर्नुभएको थियो । विशेष अतिथि पार्टीका कास्की जिल्ला सदस्य रुद्र बहादुर विक हुनुहुन्थ्यो ।

Comments
Loading...