माओवादी अन्नपूर्ण वडा नं ३ को अध्यक्षमा विष्णु पौडेल

हिमाली आवाज । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नं.३ को आज सम्पन्न दोस्रो अधिवेशनले विष्णु प्रसाद पौडेल (नारान)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले गुरुदत्त भारतीलाई उपाध्यक्ष, ओमप्रसाद पौडेललाई सचिव, भोलानाथ पौडेललाई सहसचिव तथा कन्याकुमारी गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी पनि दिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै पार्टीका पूर्व जिल्ला सदस्य भेषराज पौडेलले देशमा अहिले माओवादीले अगाडि सार्दै आएका एजेन्डाहरु स्थापित हुँदै आएको बताउनुभयो । सो कार्यक्रममा नवगठित वडा अध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका गाउँपालिका सचिवायल सदस्य नविन गिरी, कांग्रेस वडा सभापति डिल्लीराम पौडेल, दमदमे(पत्थर) टोलका संयोजक देव गिरी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिबद्घता प्रकट गर्दै नवगठित कमिटि अध्यक्ष पौडेलले आगामि स्थानीय चुनावमा आफ्नो पार्टीलाई पहिलो बनाउने गरी आफू नेतृत्वको समूहले कार्य गर्ने दावी गर्नुभयो ।

Comments
Loading...