आगलागीबाट एकाविहानै पोखराको लेकसाइडका पाँच पसलमा क्षति

हिमाली आवाज । पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाविहानै आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ ।
विहान अन्दाजी ३ः३० बजेतिर फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच वटा पसल जलेका हुन् ।

रेष्टुरेण्ट, खाजा पसल र जुस सेन्टर लगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिनुभयो ।प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो विहान ६ः०० बजेतिर नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मुल्य बराबरको क्षति पुगेको बताउँदै प्रहरी नायब उपरीक्षक तामाङले भन्नुभयो,“आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ । ”

Comments
Loading...