धम्पुसमा सामुदायिक स्वास्थ्य इकाई स्थापना,नेलम्बोको साढे चार लाख सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका –७ धम्पुसमा सामुदायि स्वास्थ्य इकाई स्थापनाको लागि आर्थिक सहयोग गरेको छ ।

नेलम्बोले स्वास्थ्य इकाइका लागि आवश्यक स्वास्थ्य उपकरण, तथा स्वास्थ्य इकाई मर्मत गर्न आवश्यक पर्ने सामग्रीहरुका लागि रु चार लाख ५० हजार सहयोग गरेको छ ।

माछापुच्छ«े गाउँपालिका, वडा नं. ७ धम्पुस र नेलम्बो नेपालले संयुक्त रुपमा आर्थिक तथा भौतिक सहयोगबाट स्वास्थ्य इकाई स्थापना गरी गत श्रावण देखि नै सेवा उपलब्ध गराउँदै आएकामा आइतबार सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरिएको छ ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरूङ्गले सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले धम्पुसको तल्लो भेगमा एक वटा स्वास्थ्य चौकी रहेको र धम्पुसको भूगोललाई मध्यनजर राखी प्राथमीक स्वास्थ्य उपचारमा सहज होस् भन्ने हेतुले धम्पुसको माथिल्लो भेगलाई समेटिने गरी १ वटा धम्पुस स्वास्थ्य इकाई स्थापना गरिएको बताउनुभयो । उहाँले यस स्वास्थ्य इकाईले यहाँका स्थानीयहरुलाई सुविधा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

स्वास्थ्य इकाई स्थापना गर्नमा नेलम्बो नेपालले ठूलो भूमिका खेलेको चर्चा गर्दै अध्यक्ष गुरुङले नेलम्बोले धम्पुसमा मात्र नभई माछापुच्छ«े गाउँपालिका का ९ वटै वडाहरुमा अतुलनीय सहयोग पु¥याएको प्रति आभार व्यक्त गर्नुभयो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्यहरु गर्दै आई रहेको र धम्पुस स्वास्थ्य इकाई स्वास्थ्य सँग सम्बन्धीत कार्यक्रम भएको हुदाँ नेलम्बो नेपालले सहयोग गरेको पनि बताउनु भयो ।

उहाँले नेलम्बो नेपाल माछापुच्छ«े गाउँपालिका वडा न.ं ६ हुँदै हाल गण्डकी प्रदेश भरीनै आफ्ना कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको पनि वताउनु भयो । भविष्यमा माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस र नेलम्बो नेपालका कार्यक्रमहरु मिल्न गएमा संस्थाको क्षमता अनुसार सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसका अध्यक्ष तथा स्वास्थ्य इकाई उद्घाटन कार्यक्रमका सभापति सम बहादुर गुरुङ्गले आफुले सुरुवाती चरणबाट देखेको सपना आज आएर पूरा भएको बताउनुभयो ।

माछापुच्छ«े गाउँपालिका, वडा कार्यालय, नेलम्बो नेपाल र अन्य संघ संस्था र सम्पूर्ण धम्पुस वासीको सहयोगले स्वास्थ्य इकाइको सपना साकार भएको बताउनु भयो । उहाँले नेलम्बो नेपालले आफ्नो वडामा शिक्षा, स्वास्थ्य, वातावरण र विश्वमहा मारीको रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिमा गरी हालसम्म जम्मा रु १६ लाख १५ हजार ८४१ बराबरको सहयोग गरेको जानकारी दिनुभयो ।

माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसका सचिव कमलापती अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य देवा वि.क, समाजसेवी दल बहादुर गुरुङ्ग, नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारी, माछापुच्छ«े गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द वास्तोला र पृथ्वी नारायण मा.वि. का प्रधानाध्यापक तिलक प्रसाद तिमिल्सिना लगायतले सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

Comments
Loading...