माओवादी केन्द्रमा आस्थावान् कास्कीका खेलाडी संगठित, बामदेवको अध्यक्षतामा ४७ सदस्सीय समिति गठन (नामावली सहित)

हिमाली आवाज । नेकपा(माओवादी केन्द्र) प्रति आस्थावान् कास्कीका खेलाडीहरु संगठित बनेका छन् । पोखरामा आज सम्पन्न पहिलो भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्सीय अखिल नेपाल खेलकुद महासंघ कास्कीको समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बास्तोला र सहसचिवमा होमनाथ विक सर्वसम्मत चयन हुनुभयो ।
सदस्यहरुमा विनोद सुनार, विवेक सुनार, सुजन पराजुली, अश्विन भण्डारी, सन्दीप पराजुली, हरि दाहाल, विष्णुप्रसाद सुवेदी, इश्वर भण्डारी,ढाकाराम सुवेदी, कृष्ण बास्तोला, प्रविण सुवेदी, रमेश विक, कृष्णप्रसाद अधिकारी, प्रकाश मल्ल, राजन नेपाली, विकास कुँबर, आनन्द भुजेल र मदन क्षेत्री रहनुभएको छ ।

यसैगरी कार्यसमितिको अन्य सदस्यहरुमा प्रदीप अधिकारी, सुभाश खड्का, सरोज रानामगर, मनिष तामाङ राजेश नेपाली, निलकुमार नेपाली, राजेन्द्र परियार, एलन गुरुङ, खरजङ गुरुङ, अनिश गुरुङ, आशिष गुरुङ, बेलबहादुर राई, कमल विश्वकर्मा, विष्णु सुवेदी, अमन केसी, सुभाष अधिकारी, सागर परियार, आशिष अधिकारी, सन्दीप सुनार, रविन रामदान, सुमित सुनार, हरिचन्द्र सुनार, प्रताप शाह र शिव सुवेदी रहनुभएको छ ।

यसअघि भेलाको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि दीपक कोइरालाले माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र माओवादी केन्द्रका कारणले मात्र खेलप्रतिको आकर्षण वृद्धि भएको बताउनुभयो ।

आफू नेतृत्वको तत्कालीन क्षेत्रीय खेलकूद विकास समिति र सुमन देवकोटा अध्यक्ष रहेको जिल्ला खेलकूद विकास समितिको कार्याकालमा पोखरा रंगशालाको खेल पूर्वाधार विकासमा ब्रेक थ्रु भएको कोइरालाले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,“माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेपछि खेलकूद मन्त्रालयको बजेट वृद्धि देखी खेलाडी प्रोत्साहन र खेल पूर्वाधार निर्माणमा ब्रेक थ्रु भएको हो । ”

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक बखानसिँह गुरुङ खेलाडी र खेल क्षेत्रका माया गर्ने पार्टी माओवादी मात्र रहेकाले सबैजना यसैमा आवद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपालल खेलकूद महासंघका केन्द्रीय सदस्य जीवन खाति, प्रदेश संयोजक बलराम सुवेदी, वाइसियल केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भोजराज पौडेल लगायतले महासंघलाई खेलकूदको अग्रणी संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...