माओवादी केन्द्र मादीको अध्यक्षमा तोरण गुरुङ निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तोरण बहादुर गुरुङ गाउँ कमिटीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न पालिका अधिवेशनले गुरुङको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । कमिटीको उपाध्यक्षहरुमा नन्दश्री गुरुङ,रुद्र रानाभाट र एंगेल्स कार्की रहनुभएको छ ।

सचिवमा बेलबहादुर विश्वकर्मा, सहसचिव सन्तोष अधिकारी र कोषाध्यक्ष कल्याणी अधिकारी रहनुभएको ५० सदस्सीय कमिटी निर्वाचित गरिएको जिल्ला सचिवालय सदस्य लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमिटीका पाँच सदस्य पछि थप गरिनेछ । अधिवेशनको माओवादी केन्द्रका प्रदेश कमिटीका सचिवालय सदस्य एवं गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेत गायत्री गुरुङले उद्घाटन गर्नुभएको थियो ।

Comments
Loading...