माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिकाको नेतृत्वमा छ जनाको दावी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँच वटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरेपनि अधिकाँस पालिकामा नेतृत्व चयन गर्न सकेन ।मादी गाउँपालिकामा बाहेक अन्य पालिकामा माओवादीले नेतृत्व चयन गर्न नसकेको हो ।

नेतृत्वका आकाङ्क्षीकाबीचमा सहमति नजुट्दा नेतृत्व चयन हुन नसकेको हो । माछापुच्छ«े, रुपा र अन्नपूर्ण गाउँपालिकामा पालिका कमिटीमा रहनेहरुको नाम टुङ्गो लागेपनि पदाधिकारीमा सहमति बन्न सकेको छैन ।

माछापुच्छ«े गाउँपालिकाको नेतृत्वका लागि छ जनाले दावी गरेका छन् । निर्वतमान अध्यक्ष बैकुण्ठप्रसाद भण्डारी सहित निर्वतमान सचिव शिव पोखरेल, गोपाल पोखरेल, इन्जिीनियर सुनिल दाहाल, बलराम अधिकारी र रामचन्द्र पौडेलको नेतृत्वमा दावी छ । नेतृत्वका आकाँक्षीकाबीचमा कुरा नमिल्दा माछापुच्छ्रेको अधिवेशन  स्थगन गरिएको छ । ४५ सदस्सीय पालिका कमिटी भने सर्वसम्मत चयन गरिएको छ । निर्वाचित कमिटीले अध्यक्ष लगायतका पदाधिकारी छनोट गर्नेछ ।

सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि हिजो सहमति नजुटेपछि अधिवेशन स्थगन गरिएको थियो । माछापुच्छ«े गाउँपालिका अधिवेशनको पार्टी जिल्ला संयोजक बखानसिँह गुरुङले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले पार्टीलाई देशको पहिलो शक्तिका रुपमा स्थापित गर्ने योजना अनुसार संगठन विस्तार र सृदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु नवराज भण्डारी, प्रविणा अधिकारी लगायतले माओवादी एजेण्डामा देश चलिरहेको र अन्य पार्टीको कुनै पनि एजेण्डा नभएको बताउनुभएको थियो । कार्यक्रममा जनयुद्धका शहीद, बेपत्ता तथा घाइतेहरुलाई सम्मान गरिएको थियो ।

पार्टीका जिल्ला संयोजक गुरुङले कास्कीका अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी पालिकाहरुमा अनुुसार सकभर सर्वसम्मत नेतृत्व चयन गरिने र सम्भव नभए स्वस्थ निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व टुङ्गो लगाउने योजना बनाएको छ । माओवादी केन्द्रले पहिलोपटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

Comments
Loading...