हिमाली आवाज । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित हुनुभएको छ ।

शनिबार राती अबेर सम्पन्न मतगणनाबाट निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईलाई ८० मतान्तरले पराजित गर्दै बराल सभापतिमा निर्वाचित हुनुभयो । बरालले ९५५ मत प्राप्त गर्दा भट्टराईले ९१५ मत पाउनुभयो ।
सभापतिको निर्वाचनमा पहिलो चरणमा पाँच उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सर्वाधिक मत प्राप्त गरेका दुई जनाबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ ।