एमाले महाधिवेशन:अध्यक्षका लागि ओली र रावलवीच निर्वाचन हुँदै

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी दिने भएपछि चुनाव हुने पक्का भएको हो ।

ओलीले आइतबार राति आफ्नो नेतृत्वमा १९ पदाधिकारीको नाम घोषणा गरेका गरेपनि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका रावल र पदाधिकारीमा चाहना राख्नुभएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने निश्चित भएको हो ।

एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।

Comments
Loading...