कास्की काँग्रेसको उपसभापतिमा कुँवर र भण्डारी, सचिवमा ढकाल र भाट(निर्वाचितको नामावली सहित)

हिमाली आवाज । नेपाली कांग्रेस कास्कीको उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित हुनुभएको छ । आईतबार राती सम्पन्न अधिवेशनले कुँवर र भण्डारीलाई उपसभापतिमा निर्वाचित गरेको हो ।कांग्रेस कास्कीका सचिवमा भानुभक्त ढकाल र देवेन्द्र भाट निर्वाचित हुनुभयो । त्यस्तै सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस कास्कीको सदस्यहरुमा महिला कोटाबाट बिजयालक्ष्मी कोइराला, सीता शर्मा र विष्णु कार्की निर्विरोध भइसक्नुभएको छ ।
यसैगरी चार खुल्ला सदस्यहरुमा डा.दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशंकर पालिखे निर्वाचित हुनुभयो ।
अन्य सदस्यतर्फ रुपा गाउँपालिकाबाट दक्षिणा सुवेदी, खुल्ला एक सदस्यतर्फ खेमबहादुर गुरुङ, सदस्यमा धनमाया गुरुङ चयन हुनुभयो । खुल्ला एक सदस्यमा ऋषिराम सुवेदी निर्वाचित हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाबाट महिलामा देवी गुरुङ (निर्विरोध), विष्णु अधिकारी (खुल्ला) र माछापुच्छ«े गाउँपालिकातर्फ लक्ष्मी लम्साल (महिला), सुदीप गौतम (खुल्ला) निर्वाचित हुनुभएको छ ।खस आर्य महिलातर्फ ज्योति कोइराला र तारा बराल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । खुल्ला सदस्य तर्फ रामप्रसाद गौतम र गणेश बस्नेत निर्वाचित हुनुभयो ।

आदिवासी जनजातिको महिलातर्फ तारादेवी गुरुङ र चन्द्रमाया गुरुङ, खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल तथा दलिततर्फ मीनाकुमारी परियार चयन हुनुभयो ।

दलित खुल्ला सदस्यमा मनबहादुर लाम्गादे, अपाङ्गतर्फ अर्पण कोइराला, मुश्लिम, थारुतर्फ कासिरन मिया, अपाङ्ग महाधिवेशन प्रतिनिधितर्फ ईशा बराल र प्रदेश प्रतिनिधिमा अपाङ्ग तर्फबाट भीमप्रसाद पौडेल चयन हुनुभएको छ । काँग्रेस कास्कीको सभापतिमा यसअघिनै किशोरदत्त बराल निर्वाचित भइसक्नुभएको छ ।

Comments
Loading...