तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ हुनुहुँदैन:उर्जामन्त्री भुसाल

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

“प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु”, उहाँले भन्नुभयो,,“आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।” मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजना राष्ट्रको समृद्धिको परियोजना भएकाले स्रोतसाधनमा कमी नहुने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो,“रणनीतिक हिसाबले जलाशययुक्त यो योजना निकै महत्वपूर्ण छ, स्रोतसाधनको कमी हुँदैन”,। मन्त्री भुुसालले आयोजनाले तनहुँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।

सो क्रममा मन्त्री भुसालले आयोजनाको बाँधस्थल र विद्युतगृहको निरीक्षण गर्नुभएको थियो । मन्त्री भुसाललाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठ र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको निर्माण कार्यको बारेमा जानकारी गराउनुभयो ।

Comments
Loading...