चार जनालाई हतियार प्रहार गरी फरार भएका दुई युवा पोखरामा पक्राउ

हिमाली आवाज । पोखरामा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा –२० भलाम घर भई पोखरा –१७ छोरेपाटन बस्दै आएका १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा –१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भनिने सुशील कार्की छन् ।

पोखरा महानगरपालिका–१७ महतगौंडामा गत कार्तिक २० गते भाइटिकाका दिन भएको विवादमा चार जनामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर उनीहरु फरार थिए ।

कार्कीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट र गुरुङलाई पोखराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरु माथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

Comments
Loading...