हिमाली आवाज । नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

चितवनको सौराहामा सम्पन्न दशौं महाधिवेशनबाट ओली फराकिलो मतान्तर सहित अध्यक्षमा निर्वाचित हुनुभयो । ओलीले आफ्नो प्रतिस्पर्धाी भीम रावललाई फराकिलो मतान्तरले पछि पार्नुभएको हो । मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १,८४० मत पाउनुभयो भने रावलले भने २२३ मत पाउनुभयो ।
निर्वाचनमा ३३ जनाले भने दुबैलाई भोट दिएनन् । ओलीले शुरुमै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेपनि रावलले अस्वीकार गरेपछि निर्विरोध नभएका पदमा निर्वाचन भएको थियो ।