पोखराको ट्रेड मलमा खुल्यो क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युट

हिमाली आवाज । नेपाली खाना र संस्कृतिको प्रवद्र्धनको लक्ष्य सहित पोखराको चिप्लेढुँगास्थित ट्रेड मलको माथिल्लो तलामा क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युट सञ्चालनमा आएको छ ।

मंगलम हस्पिटालिटि प्रालिद्धारा सञ्चालित सो ब्यङ्क्युटको आज सुरुआती शुभारम्भ गरिएपनि आगामी माघ १ देखी ३० गतेसम्म ग्राण्ड ओपनिङको कार्यक्रम राखिएको छ ।

क्लासिक चुलो रेष्ट्रोले नेपाली खाना संस्कृतिलाई प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्र देशका मुख्य शहरहरु काठमाडौँ, चितवन र बुटवलमा शाखा विस्तार गरी पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरुको खोजी गरिने प्रवन्ध निर्देशक राजेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युटमा दुई करोडको लगानी भएको छ भने हाल ३० जनाले रोजगारी प्राप्त गरेका छन् ।स्वादका पारखीहरु, परिवार र साथीभाई तथा विभिन्न संघ संस्था क्लबहरु लक्षित ग्राहक रहेको बताइन्छ ।

गोष्ठी तथा सेमिनारहरु, बैबाहिक कार्यक्रम,बर्थ डे ग्रुप, विभिन्न पेशागत व्यक्तिहरु सहित होम डेलिभरी र टेक वेलाई प्राथमिकता दिइएको सञ्चालक समितिका अध्यक्ष खेमप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।शान्त तथा हरियाली वातावरणमा, परम्परागत स्थानीय खाना तथा सेफको अन्तर्राष्ट्यि परिकारको सेवा प्रदान गरिने बताइन्छ ।

ब्यङ्क्युटमा १५० जनाको हल क्षमता, ५०० जनालाई कक्टेल डिनर, ३० जना अट्ने आउडोर कन्फ्रेन्स हल, १५ जना क्षमताको बैठक कक्ष, ४० जनाको लाउन्ज क्षमता रहेको प्रवन्धक बसन्त पुरीले बताउनुभयो ।

 

Comments
Loading...