आइटिएफ वल्र्ड टेनिस : नेपाली खेलाडी सेमिफाइनलमा

हिमाली आवाज । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी ‘आइटिएफ गल्र्स÷ब्वाईज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर’ अन्तर्गत आजको क्वाटरफाइनलको खेलमा ‘डवल्स’तर्फ नेपाली खेलाडीले सङ्घर्षपूर्ण जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपालका आरभ विक्रम हाडा र अर्यान गिरीको जोडी र महिलातर्फ अभिलाषा विष्ट र सलोनी तामाङ तथा प्रतिक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाईमा सङ्घर्षपूर्ण जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल हुनुभयो ।

नेपाली जोडी आरभ र अर्यानले भारतीय जोडी निखिल मित्तल र अनर्व यादव विरुद्धको खेलमा पहिलो सेट ४–६ अङ्कले गुमाएपनि दोश्रो सेटमा भने जीत निकाल्नुभयो । उहाँहरुले अन्तिम सेट सुपरटाइमा १०–५ अङ्कले जित्दै सेमिफाइनलको यात्रा तय गर्न सफल हुनभयो ।

आरभ र अर्यानले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमिफाइनलमा भारतका कविर चावरिया र दक्ष प्रसादसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
महिलातर्फ नेपाली खेलाडी जोडी अभिलाषा र सलोनी तामाङको जोडीले भारतीय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्तीसँग पहिलो सेट १–६ ले गुमाउनुभएकामा दोश्रो सेटमा ६–३ अङ्कको जीत निकाल्न सफल हुनुभयो । सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० खेल जित्दै सेमिफाइनलमा भारतीय खेलाडी दिभा भाटिया र मेहर मिश्रासँगको भेट पक्का गर्नुभयो ।

खेलमा रायना शाह र प्रकृती श्रेष्ठ समेत सुपरटाइमा खेल जित्दै सेमिफाइनलमा पुग्न सफल हुनुभयो । उहाँहरुले भारतीय जोडी श्रीनिधी रेड्डी र तनुशसँग खेलमा पहिलो सेट ७–६ ले जित्दै भारतिय खेलाडीलाई दवावमा राखे पनि दोश्रो सेट १–६ ले गुमाउन पुग्नुभयो । अन्तिम सेट सुपरटाइमा १०–७ ले जित्दै सेमिफाइनलको यात्रा तय गर्नुभयो । उहाँहरुले सेमिफाइनलमा नेपालकै इशा श्री शाह र सर्वाणी श्रेष्ठसँग खेल्नुहुनेछ ।

जिल्ला टेनिस सङ्घले टेनिसको नियमनकारी सर्वोच्च निकाय विश्व टेनिस महासङघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट खेलाडीहरु बरियता तय हुनेछ ।

Comments
Loading...