एशियन फोरमको छलफल तथा अन्तरक्रिया

पोखरा । वैदेशिक रोजगारीमा देखिएका कमि कमजोरीलाई न्यूनीकरणको लागि राज्यलाई नितिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक बिकास मञ्च (एशियन फोरम)को छलफल तथा अन्तरक्रिया बिहिवार सम्पन्न भएको छ ।

पोखरामा गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको सम्युक्त आयोजनामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले कोरोनाको कारण प्रायः जसो गैरसरकारी संस्था बन्द भएको अवस्थामा एशियन फोरमले कोरोनाले वढि असर पारेको क्षेत्रमा कार्य गरेको बताउनुभयो ।
सो अबसरमा पुर्व अध्यक्ष निरज थापाले संस्थाले काठमाडौ उपत्यका, तनहुँ र कास्की जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको बताउनुभयो ।

त्यसै गरी केन्द्रिय सचिव बिजय गुरुङ, सदस्य मिरा पौडेल, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानिया, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, सदस्य रामचन्द्र लामिछाने, कास्की जिल्ला अध्यक्ष तिलक थापा, कोषाध्यक्ष पार्वती पौडेल रेग्मी, सदस्य किरण गुरुङले आअफ्फ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रदेश समिति र जिल्ला समितिको साधारण सभा तथा अधिबेशन छिट्टै गर्ने निर्णय गर्न प्रदेश सचिव कृष्ण रानाभाटको संयोजकत्वमा प्रदेश सदस्य रामचन्द्र लामिछाने र कास्की जिल्ला कोषाध्यक्ष पार्वती पौडेल रेग्मी सदस्य रहेको अधिबेशन तयारी समिति गठन गरिएको कास्की जिल्ला अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।

Comments
Loading...