सिकार खेल्नेक्रममा भरुवा बन्दुक पड्किँदा तनहुँमा एक जनाको मृत्यु

हिमाली आवाज । तनहुँमा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ ।

मंसिर १९ गते साँझ अन्दाजी १९ः३० बजेको समयमा तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ थप्रेक स्थित ओखल्दी बस्ने वर्ष १७ का रोहित मल्लको भरुवा बन्दुक अचानक पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सुन बहादुर गुरुङ र मल्ल घरदेखि २ कि.मि. दक्षिण तर्फ रहेको तुरतुरे पाखामा शिकार खेल्न जाने क्रममा मल्लले साथमा लिएको सिलिङ सहितको एकनाले भरुवा अचानक पड्कदा घाइते भएकामा उपचारका क्रममा थप्रेक स्वास्थ्य चौकी मृत्यु भएको बताइन्छ  । प्रहरीले सुन बहादुरलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments
Loading...