चितवन किसान दाना उद्योगको बिक्री डिपो पोखरामा शुभारम्भ

हिमाली आवाज । पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले उद्घाटन गर्नुभयो ।
घरघरमा अण्डा पु¥याउने उद्देश्यका साथ पोखरामा डिपो सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै उहाँले देशभर शाखा बिस्तार गर्न शुभकामना दिनुभयो ।
कार्यक्रममा किसान दाना उद्योग प्रा.लिका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो ।

दाउन्ने समुहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी रहेको जानकारी दिदै उहाँले समुहले नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य राखेको बताउनुभयो ।

उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले देशभर ३० भन्दा बढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ स्थित दाउन्ने एग्रो फार्ममा दैनिक ६ सय ५० पेटिसम्म अण्डा संकलन हुने गरेको छ भने उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ६ सय ५० पेटि अण्डा उत्पादन हुने गरेको छ । डिपो नभएका शहरहरुमा पनि स्थानिय डिलर मार्फत अण्डा पु¥याइएको जानकारी दिदै उहाँले सोझै घरदैलोसम्म पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो ।

उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौंको पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशि, नयाँ वजार, इटहरीमा बिक्रीकेन्द्र खोलेको र काठमाडौंकै नैकाप र बनस्थलिमा पनि थप दुईवटा डिपो खोल्ने उक्त अवसरमा जानकारी दिइयो ।

स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने उद्योगको लक्ष्य रहेको र काठमाडौंसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गरिदै आइएको पोखरेलले बताउनुभयो ।

हाल तीन लाख हाराहारी कुखुरा पालेको यस समूहले यो संख्या आठ लाख पु¥याउने लक्ष्य लिइएको निर्देशक दोर्ण लामिछानेले जानकारी दिनुभयो । अहिले दुई अर्ब भन्दा बढी लगानी भईसकेको र पूर्णरुपमा लक्ष्य अनुसार कुखुरा पाल्दै गर्दा चार अर्ब ५० करोड हाराहारी लगानी पुग्ने उहाँको भनाइ छ ।

उद्योगले ह्याप्पि एग नामबाट ब्राण्डीङ गरि आकर्षक प्याकिङ्मा काठमाडौंमा बिक्री गर्दै आएको र पोखरा तथा सुर्खेतमा पनि ब्राण्डिङ गरेको ह्याप्पि एग बिक्री गर्ने लामिछानेले जनाकारी दिनुभयो ।

कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, पूर्ब महासचिब मदन पोख्रेल, दाउन्ने एग्रो फर्मका भूवन लामिछाने लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Comments
Loading...