हिमाली आवाज । श्री मोहरपानी आदर्श टोल बिकाश संस्था र जागरण आमा समुहको संयुक्त आयोजना तथा अन्नपूर्ण आयुर्वेदिक क्लिनिक को सहयोगमा शुक्रबार पोखरा १३ आर्वा स्थित जागरण आमा समुहको बहुउद्देश्यीय भवनमा सम्पन्न निशुल्क आयुर्वेदिक शिविर मा २ सय २८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
अन्नपूर्ण आयुर्वेदिक क्लिनिक सितलादेबीका सञ्चालिका डा.ज्योति कुमारी ठाकुर को नेतृत्वमा आठ जना स्वास्थ्यकर्मी को समुहले शिविर मा स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा ग्याष्ट्रिक, गानोगोला,कब्जियत,पायल्स,अफिसर,फिस्टुला,पिनास,दम,रुघाखोकी,टाउको दुखाई,स्त्रीरोग,ढाड दुखाई,घुँडा दुखाई,नसारोग,हड्डीखिईएको सुनिएको,युरोको एसिड,हातखुट्टा झमझमउने,दुर्व्यसन लगायतका रोगको परिक्षण गरी निशुल्क रुपमा औषधी बितरण गरिएको थियो। भने केही जटील बिरामीको अन्नपूर्ण आयुर्वेदिक क्लिनिक मा लगि थप उपचार गर्ने ब्यवस्था मिलाईयको थियो ।
अहिलेको अवस्थामा अनेकौं स्वास्थ्य चुनौति र समस्याहरुको आयुर्वेदिक उपचार पद्दती बाट पनि सम्भावना छ भन्ने अभिप्रायले यो शिविर आयोजना गरिएको डा.ज्योति कुमारी ठाकुर ले बताउनुभयो । उहाँले परापूर्वकालदेखि नै आयुर्वेदिक औषधी मार्फत बिभिन्न रोगहरुको उपचार गरिँदै आईएको र यो पद्धती भरपर्दो माध्यम भएकोले यसको प्रयोगमा जोड दिनु पर्ने भनाई उहाँको छ ।
डा.ठाकुरले शिविर प्रति वडावासीहरुको उल्लेखनिय सहभागिता प्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा श्री मोहरपानी आदर्श टोल बिकाश संस्था पोखरा १३ आर्वा का अध्यक्ष श्रीराम सिग्देल,सचिव शिबराज बराल तथा जागरण आमा समुहकी अध्यक्ष राधा देबी बराल (बिद्या)लगायतले स्वास्थ्य शिविर का बिविध बिषयहरु माथि प्रकाश पार्नुभयो । शिविरमा पोखरा १३ आर्वा का बिभिन्न टोल बिकास समिति संगै पोखरा महानगरपालिका वडानं १२,२०,२८ तथा मादी गाउँ पालिका बाट पनि सहभागिता रहेको थियो ।