मुक्तिनाथ अटो पार्ट्सको शाखा पोखरामा

हिमाली आवाज । बुटवलमा प्रधान कार्यालय रहेको मुक्तिनाथ अटो पार्ट्स सप्लायर्सले पोखराको चाउँथेमा शाखा कार्यालय विस्तार गरेको छ । एक दशकदेखि बुटवललाई कार्यक्षेत्र बनाएर लोकप्रियता पाएको कम्पनीले पोखरामा सोमबारदेखि आउटलेट सञ्चालनमा ल्याएको हो ।

कम्पनीले बुटवलमा कार एसेसरिज, अटो पार्ट्स र चार पांग्रेका लागि आवश्यक इलेक्ट्रिकल सामान थोक तथा खुद्रामा बेच्दै आएको छ । पोखराको आउटलेटबाट भने इलेक्ट्रिल सामानको बिक्री हुने कम्पनीका प्रबन्ध निर्देशक भूमिप्रसाद सापकोटाले बताउनुभयो ।

‘पहिलेदेखि नै बुटवलबाट पोखराका अटो पाटर््स पसललाई सामान पठाउँदै आएका थियौं,’ उहाँले भन्नुभयो, ‘अब पोखराकै आउटलेटबाट ती सामान उपलब्ध हुनेछन् । खुद्रा पनि बिक्री हुने छ ।’ पोखरा शाखामा झण्डै डेढ करोड रुपैयाँ लगानी गरेको बताउनुभयो ।

उहाँका अनुसार कम्पनीको जम्मा पूँजी ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको आफ्नै ‘लुकिङ ग्लास’ उत्पादन उद्योग समेत बुटवलमा छ । बुटवल योगीकुटीमा प्रधान कार्यालय रहेकोमा मैनाबगरमा कम्पनीको आउटलेट यसअघि नै खुलिसकेको छ ।

कम्पनीका कार्यकारी निर्देशक शिवप्रसाद बजगाईंले पश्चिम नेपालमा पार्ट्स बिक्री वितरणमा मुक्तिनाथ अटो पार्ट्स अग्रपंक्तिमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘देशैभर प्रमुख सहरमा आउटलेट खोल्ने योजनामा छौं ।’

 

 

Comments
Loading...