Tiger Cup

पोखराको मौजामा आयोजित स्वास्थ्य शिविरमा ४६६ जनाको स्वास्थ्य परीक्षण

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।

पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विविधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैह्रापाटनको संयुक्त आयोजनामा सम्पन्न बृहत निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएको पोखरा २० का वडाअध्यक्ष सिम बहादुर गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको साविकको भलाम र मौजा गाविसका स्थानियलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको र आफुहरुको लक्ष्य अनुसार स्वास्थ्य शिविर सम्पन्न भएको समेत अध्यक्ष गुरुङले बताउनुभयो । आगामी दिनमा पनि नेलम्बो नेपाल संग मिलेर स्वास्थ्य शिविर संगै वडा भित्र विपन्न समुदायर जैविक विविधताको क्षेत्रमा समेत काम गर्न आफुहरु तयार रहेको उहाँको भनाई छ ।

शिविरमा आफुहरुले सोचेको जस्तो स्थानियको उल्लेख्य सहभागीता पाउदा आफुहरु निकै खुसी भएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताउनुभयो । शिविरमात्र नभइ आगामी दिनमा विपन्न समुदाय र जैविक विविधताको क्षेत्रमा समेत वडा संग समन्वय गरेर अगाडि वढ्ने उहाँले प्रतिबद्धता जनाउनभुयो । शिविर संगै उक्त अवसरमा कोभिडको नया भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्येनजर गरी मौजा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर समेत प्रदान गरिएको थियो । शिविरमा सहभागी भएका मध्ये १४ जना जटिल प्रकारका समस्या देखिएकाहरुलाई थप उपचारको लागि पोखराका विभिन्न अस्पतालहरुमा ब्यवस्था मिलाइएको देवकोटाले जानकारी दिनुभयो ।

दुई दिन सम्म आयोजना भएको स्वास्थ्य शिविरमा ४ सय ६६ जनाले नाम दर्ता गराएको र उनीहरु मध्ये ९ सय ७० वटा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन । शिविरमा २ सय ९६ जनाले सामान्य चेकजांच गराएका थिएभने २ सय जनाले हाडजोर्नी सम्वन्धी उपचार गराएका छन ।

शिविरमा १ सय ३३ जनाले दन्त परीक्षण, नाक, कान, घांटी सम्वन्धी ७५, महिला सम्बन्धी ५७, ५३ जनाले छालाको परीक्षण, ४७ जनाले भिडियो एक्सरे, ५३ जनाले छालाको परीक्षण, ३४ जनाले मुटुको इसिजी र ६८ जनाले रगत र पिसावको परीक्षण र ७ जनाले युरोलोजी सम्वन्धी परीक्षण गराएको नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

शिविरमा वरिष्ठ जनरल सर्जन तथा युरोलोजिष्ट डाक्टर अनुप चापागाई, डाक्टर अनिश भुषाल, डाक्टर बुनु गौडेल,डाक्टर प्रकाश कार्की, डाक्टर सिजन मरासिनि र डाक्टर अंकुर केसि लगायतले विरामिको परिक्षण गर्नुभयो ।

यसैगरी टेक्निकल अफिसर रवि गुरुङ, स्वास्थ्य अधिकृत निर्मला देवकोटा, अनुसन्धान अधिकृत समिका बस्नेत, डेण्टल हाईजेनिष्ट स्नेहा खड्का, सुस्मि बुढा, फार्मेसिष्ट सुशील त्रिपाठी, शैलेस बाबू वराल, नर्स अस्मिता थापा र ल्याव टेक्निसियन सपना तिमिल्सिना, मौजा तथा भलाम स्वास्थ्यचौकिका स्वास्थ्यकर्मी हरुले सहजिकरण गर्नुभयो ।

टिप्पणिहरु
Loading...