काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने,सिंह र निधि दुबैको सहयोग देउवालाई

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि पुनः दोस्रो चरणको मतदान हुने भएको छ । सभापति निर्वाचित हुनका लागि आवश्यक मत कसैले पनि नल्याएपछि दिउँसो ३ बजेपछि पुन मतदान हुने काँग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये शेरबहादुर देउवाले २२५८ मत पाउनुभएको थियो । यसैगरी शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५० र प्रकाशमान सिँहले ३७१ र कल्याण गुरुङले २२ मत पाउनुभएको थियो ।

काँग्रेस सभापतिका उम्मेदवार देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिनुभएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्नुहुने भएको छ ।

देउवा प्रकाशमान र निधिलाई भेट्न उहाँहरुकै निवासमा पुग्नुभएको थियो । सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ ।

Comments
Loading...