नेपाली काँग्रेसको सभापतिमा देउवा निर्वाचित

हिमाली आवाज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । यस्तै ३३ मत बदर भयो । देउवा १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल हुनुभएको थियो ।

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि हुनुहुन्थ्यो । दोस्रो चरणमा भने तीनै जनाले देउवालाई समर्थन गर्नुभयो ।

Comments
Loading...