अन्नपूर्ण आमा समूहको अध्यक्षमा रेनु लामिछाने सर्वसम्मत

हिमाली आवाज । अन्नपुर्ण आमा समुह पोखरा महानगरपालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः रेनु थापा लामिछाने चयन हुनुभएको छ ।
संस्थाको बुधबार सम्पन्न १३औ अधिबेशन तथा २६औं साधारणसभाले थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।

सस्थाको उपाध्यक्षमा गोमा पगेनी, सचिवमा चन्द्रकला घिमिरे पहारी, कोषाध्यक्षमा ऋषि माया पहारी, सहसचिबमा उर्मिला ढकाल चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा सीता पौडेल, भुमि जिसी, जानुका पौडेल, विष्णु पौडेल, मिठु गिरी, सीता ढकाल, रमा शिब भक्ति,तारा रेग्मी, कमला अधिकारी,गौमाता कुवँर, लक्ष्मी गौतम, माया पहारी, गोमा भण्डारी र जमुना भुजेल चयन हुनुभयो । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा न ६ रहेका आमा समुहरु मध्य अन्नपुर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताउनु भयो । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको उल्लेख गर्नुभयो ।

पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य राममाया विश्वकर्माले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन आग्रह गर्नुभयो । समाज मा भइरहेको महिला हिंसाका विरुद्द पनि आवाज उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष रेनु थापा लामिछानेले आफ्नो क्षेत्र कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको बताउनुभयो ।
अध्यक्ष थापाको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा पगेनीले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब चन्द्रकला घिमिरे पहारी सल्लाहकार लोक राज पहारी, सल्लाहाकार बलराम गिरी,जगदम्बा आमा समुहकी अध्यक्ष चन्द्रकला अधिकारी, पूर्व अध्यक्ष शान्ति रेग्मी र रेन्वो चिल्डेन होम्सका संचालक गोमा ढकाल लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा सचिव घिमिरेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष ऋषिमाया पहारी प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरे बापत रेन्वो चिल्डेन होमका संचालकगोमा ढकाललाई सम्मान गरियो ।

Comments
Loading...