Tiger Cup

माछापुच्छ्रे गाउँपालिकामा भोलीदेखी मतदाता नामावली संकलन हुने

हिमाली आवाज । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्ने सरकारको योजना अनुसार भोली पुस १ गतेदेखी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मतदाता नामावली संकलन शुरु हुने भएको छ ।

गाउँपालिकाको केन्द्र लाहाचोकमा पुस १ देखी १० गतेसम्म मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिभित्र यस पूर्व मतदाता नामावलीमा नाम छुट भएका र मतदाता हुन योग्य व्यक्तिले स्वयमं उपस्थिति भई नाम दर्ता गर्न सक्नेछन् ।

गाउँपालिकाका सूचना अधिकारी युवराज पौडेलले नेपाली नागरिकताको सक्कल प्रमाणपत्र र विवाह वा बसाँइसराई आएको व्यक्तिको हकमा विवाह दर्ता र बसाँइसराई दर्ताको सक्कल प्रमाणपत्र मतदाता नामावली संकलन कार्यमा आवश्यक पर्नेछ ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लाका सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने शुरु गरेको हो ।

टिप्पणिहरु
Loading...