नेकपा एमाले गण्डकी प्रदेशका पदाधिकारीहरुको सपथ

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरुले बुधबार सपथ लिनुभएको छ ।

पोखरामा आयोजित एक कार्यक्रमका विच प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालाई नेकपा एमालेका सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्यालले सपथ गराउनुभयो ।

यसअघि पार्टीका उपमहासचिव एवं पार्टीका तत्कालीन प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले इन्चार्ज सचिव अर्याललाई माइन्युट हस्तान्तरण गर्नुभएको थियो ।

लगत्तै शर्माले कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य र मञ्जु अधिकारीलाई सपथ गराउनुभएको थियो ।

गत आइतबार बसेको नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले शर्मालाई पार्टीको गण्डकी प्रदेश कमिटीको अध्यक्ष तोकेको थियो ।

Comments
Loading...