कास्कीका जीवन परियार काँग्रेस सहमहामन्त्रीमा निर्वाचित

हिमाली आवाज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा कास्कीका जीवन परियार निर्वाचित हुनुभएको छ । कोइराला पक्षका परियार दलिततर्फ सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ ।

परियारले २२१२ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका मानबहादुर विश्वकर्माले २१७५ मत ल्याउनुभयो । अन्य पाँच महामन्त्रीको मतगणना शुक्रबार शुरु हुनेछ । परियार संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।

Comments
Loading...