पोखरामा रेनोको एक्सचेञ्ज कार्निभल सुरु

हिमाली आवाज । रेनोका नेपालका आधिकारिक वितरक एडभान्स अटो मोबाइल्स प्रालिले एक्सचेञ्ज कार्निभल सुरु गरेको छ ।पोखरास्थित रेनोको आधिकारिक शोरुपम जोन्छे ट्रेडर्स प्रालि बुद्धचोकमा हुने कार्निभल पुस ४ देखी ८ गतेसम्म सञ्चालन हुनेछ ।कार्निभलमा रेनोका क्विड तथा ट्राइबर मोडलसँग एक्सचेञ्ज सुविधा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

अफरमा रेनो क्विड वा ट्राइबर एक्सचेञ्ज वा खरीदमा स्पट एक्सेञ्ज र भ्यालुएसन सुविधा सहित ग्राहकहरुका लागि फ्रि चेक अप र कार वास गर्न सक्ने जोन्छे ट्रेडर्स प्रालिका निर्देशक नुरज बाटाजुले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवसरमा ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परहरु सहित नगद छुटको पनि सुविधा पाउनेछन् ।रेनोले नेपाली ग्राहकहरुका लागि नेपालका विभिन्न शहरुमा यस्ता योजनाहरु आयोजना गर्दै आएको एडभान्स अटोमोवाइल प्रालिका जनरल म्यानेजर अधिरकुमा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“हामी हाम्रा ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ । यस्ता कार्यक्रमहरु देशभर सञ्चालन गरेका छौँ ।”

जोन्छे टे«डर्सका निर्देशक अनिल मल्लले कार्निभलमा बुटबलका ग्राहकहरुलाई समेत उत्कृष्ट एक्सचेञ्ज सुविधा र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो ।

एडभान्स अटोमोवाइल प्रालिका सेल्स नेटवर्क प्रमुख विपुल भट्टर्राले ग्राहकहरुको सुविधाका लागि एक्सचेञ्ज लगायतका कार्यक्रम र योजना गरिरहने उल्लेख गर्दै वर्षभरिनै आफ्नो ग्राहकको सुविधाको योजनाहरु एक्सचेञ्ज क्याम्पलाई निरन्तरता दिइने बताउनुभयो ।

Comments
Loading...