म्याग्दीमा स्काभेटर सहित पुरिएर चालकको मृत्यु

हिमाली आवाज । म्याग्दीमा स्काभेटर सहित मानिस पुरिँदा आज एक जनाको मृत्यु भएको छ ।

विहान अन्दाजी ०९ः३० बजेको समयमा म्याग्दी रघुगंगा गाउँपालिका–४ दग्नाम कुमा खोल्सा स्थितमा नँया बन्दै गरेको हाई हिमालयन टुण्डी माथिल्ल्लो राहुघाट जलबिद्युत आयोजनामा ड्यामको काम गर्दै गर्दा माथी बाट ढुङा माटो सहित को ढिस्को खस्न गई स्काईभेटर चालक रघुगंगा २ भगवती बस्ने वर्ष अन्दाजी २८ वर्षीय भीमबहादुर खत्रीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिई गई शव उद्दार तथा घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Comments
Loading...