आहा रारा गोल्डकपका लागि ५०१ सदस्सीय मूल आयोजक कमिटी गठन

हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकपको २० औं संस्करणको तयारीका लागि मूल आयोजक कमिटी गठन गरिएको छ ।

सहारा क्लबको आयोजनामा पोखरामा वर्षेनी आयोजना हुँदै आएको सो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा ५०१ सदस्सीय मूल आयोजक कमिटी गठन गरिएको हो ।

आगामी माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको संयोजकमा क्लबका बरिष्ठ उपाध्यक्ष केशबराज बराल चयन हुनुभयो भने सदस्य सचिवमा क्लबका महासचिव रामजी प्रसाद अधिकारी हुनुहुन्छ ।

सम्पुर्ण खेलकुदसँग सम्बन्धित संघ सस्था एवं व्यक्तिहरु रहने गरी १०१ सदस्यीय सल्लाहकार समिति समेत गरिएको क्लबले जनाएको छ ।
क्लबले प्रतियोगिताका माध्यमबाट बचत रकमले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । सो एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरुले निःशुल्क रुपमा शिक्षा, आवाससँगै फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

Comments
Loading...