कम्तिमा ८० प्रतिशत विकास बजेट खर्च गर्न अर्थमन्त्री बरालको निर्देशन

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल(जीवन)ले यस चालु आर्थिक बर्ष कम्तिमा पनि ८० प्रतिशत विकास बजेट कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वोल्दै उहँले सिमित श्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयहरुलाई निर्देशन दिनुभएको हो ।

कठिन अबस्थाको बाबजुत आफ्नो कार्यभार समयमै सक्ने गरी कामगर्नुपर्ने दाहित्य बोध गर्न आग्रह गर्दै मन्त्री बरालले कसैलाई दोष देखायर उम्किन नपाइने उल्लेख गर्नुभयो ।

जिल्लामा बास्तविकता बुझ्नको लागि हाल जिल्लागत प्रादेशिक कार्यालयहरुका प्रमुखहरुसंग छलफलमा जुटेको बताउदै मन्त्री बरालले गत बर्षको ७३ प्रतिशत बजेट खर्च भएकोले यस बर्ष थप बजेट खर्च गरी नतिजा दिन आग्रह गर्नुभयो ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले पाचौं महिनामै रकमान्तर नहुने बताउनु भयो । उहाँले तेश्रो चौमासिकमा मात्र अबस्था हेरी रकमान्तर गर्न सकिने बताउनु भयो । पर्वत जिल्लाको संक्षिप्त कार्य प्रगती पेश गर्दै सचिव अर्यालले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा पर्वतमा सडक तर्फ ८ प्रतिशत, भवनतर्फ ३ प्रतिशतमात्र खर्च भएको जनाउनु भयो । स्विकृत भएका कर्मचारीहरुको तलव भत्ताको व्यबस्थाग र्ने अर्यालले जनाउनु भयो ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले कार्यक्रम योजना कार्यान्वयनमा१० लाख भित्रका ५१ वटा योजना, कर्मचारी अभाव र दशैंसम्म पानी परेको कारण बजेट कार्यान्वयनमा कठिनाइ भएको बताउनु भयो । रकमान्तर सहित थप ८ करोडको दायित्व सृजना भएको आचार्यले बताउनु भयो ।

भू–संरक्षण कार्यालयका प्रमुख शम्भु कुमार सिंहा ले २ लाख देखि २० लाखका ८३ वटा योजनाहरु रहेको बताउनु भयो । बस्ती तथा सार्वजनिक स्थलमा भन्दा व्यक्तिको लागि बजेट विनियोजन भएको उहाँले बताउनु भयो । ि

Comments
Loading...