बच्चाको लिँगमा रबरले बाँधेर यातना दिने होस्टेल वार्डेन पोखरामा पक्राउ

हिमाली आवाज । कास्की प्रहरीले बालबालिका विरुद्धको कसुरमा एक महिलालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं १५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएपछि होस्टेल वार्डेन नुवाकोट घर भई हाल पोखरा १४ वस्ने २७ वर्षीया जानुका नेपालीलाई पक्राउ गरिएको हो ।

नेपालीलाई बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई कास्की जिल्ला अदालतबाट पाँच को म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बताइन्छ ।

Comments
Loading...