कास्कीमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किदाँ दुई युवाको मृत्यु

हिमाली आवाज । कास्कीमा हिजो राति भएको सवारी दुर्घटनामा परी दुई युवाको ज्यान गएको छ ।

पुस ७ गते राति अन्दाजी २३ः५५ बजेको समयमा कास्कीको अन्नपुर्ण गाउँपालिका–२ ढिकुरपोखरी स्थित नौंडाँडाबाट काँडे तर्फ जाँदै गरेको ग २१ प ४४६० नं.को स्कुटर पोखरा बागलुङ सडक खण्डमा रोकी राखेको ना ७ ख ९१२४ नं.को ट्रकमा ठक्कर खान जाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा अन्नपुर्ण गाउँपालिका–१ नौडाँडा बस्ने वर्ष ३० का कृष्ण सुबेदी र वर्ष २८ का सुनिल के.सी हुनुहुन्छ । दुर्घटनामा गम्भिर घाइते दुबैलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...