माछापूच्छ्रे गाउँपालिका रिभानका गुरुङ भरुवा बन्दुक सहित पक्राउ

हिमाली आवाज । प्रहरीले अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अन्दाजी १५ः५० बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पोखरा–३२ मजुवाबाट माछापूच्छ्रे गाउँपालिका–५ रिभानका ३४ वर्षीय गणेश गुरुङलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको र बोराभित्र लुकाई छिपाई लिएर हिँडिरहेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान,सोही बन्दुकमा लाग्ने केप–१ थान र बारुद १५ ग्राम सहित फेला पारि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

Comments
Loading...