माओवादी केन्द्रको महाधिवेशनमा भोली दिउँसो १ बजेदेखि बन्दसत्र

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र भोली दिउँसोदेखी सुरु हुने भएको छ । राजधानीमा जारी महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले हिजो प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहमा छलफल जारी छ ।

महाधिवेशनस्थल नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान बसेको अध्यक्ष मण्डलको बैठकले भोलि दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।

यसैगरी अध्यक्ष गप्रचण्डको प्रतिवेदनमा सुझाव राख्न १५ मिनेटको समय उपलव्ध गराइने भएको छ । समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् । माओवादीको महाधिवेशन यही पुस ११ गतेदेखी जारी छ । महाधिवेशन १५ गतेसम्मका लागि तय भएपनि एक÷दुई दिन लम्बिन सक्ने जनाइएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Comments
Loading...