मनोरञ्जन क्षेत्र व्यवस्थित गर्न कानून बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता

हिमाली आवाज । गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र नियमन गर्न कानून बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शक्ति समुहद्धारा मंगलबार पोखरामा आयोजित फ्रि अ गर्लको सहयोग र मन्त्रालयको सहकार्यमा भएको मनोरञ्जनका क्षेत्रहरुलाई प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँगको छलफलमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री श्रेष्ठले भन्नुभयो,“ आगामी दिनमा मनोरञ्जन क्षेत्र व्यवस्थित गर्न समन्वय र सहकार्यको आवश्यकता छ । आवश्यक नीति नियम बनाउने र सोको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध छ ।”

शक्ति समुहको संस्थापक सदस्य तथा हालका अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरुपनि उपस्थिति हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले मनोरञ्जन क्षेत्रलाई प्रभावकारी व्यवस्थित गर्नुपर्ने खाँचो औल्याउनुभएको थियो ।

कार्यक्रमको उद्धेश्य शक्ति समुहको कार्यकारी निर्देशक बालकुमारी दर्लामीले गर्नुभएको थियो भने शिक्षा,संस्कृति विज्ञान प्रविधित था समाजिक विकास मन्त्रालयको सामाजिक विकास प्रमुख जमुना पौडेलबाट प्रस्तुतीकरण र एटविनको अध्यक्ष बिनु माया गुरुङबाट पनि प्रस्तुतिकरण तथा सहजीकरण गरिएको थियो ।

कार्यक्रम सञ्चालन शक्ति समुहको व्यवस्थापन सदस्य कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले गर्नुभयो ।

Comments
Loading...